लक्ष्यभन्दा बढी राजस्व

लकडाउन र निषेधाज्ञाको समयमा पनि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सारले राजस्व असुलीको लक्ष्य भेट्टाएको छ । यो भन्सारले चालु आर्थिक वर्षको पहिलो अर्थात् साउन महिनामा लक्ष्यभन्दा बढी राजस्व असुली गर्न सफल भयो । साउन महिनाका लागि १ अर्ब ७८ करोड २७ लाख ८४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा यो भन्सारले लक्ष्यभन्दा ४ दशमलब ६७ प्रतिशत अर्थात् १ अर्ब ८६ करोड ६० लाख ८५ हजार रुपैयाँ राजस्व असुल गरेको छ ।

कुल संकलित राजस्वमा भन्सार महसुल ९८ करोड ७ लाख रुपैयाँ असुली गर्ने लक्ष्य रहेकोमा ८२ करोड २८ लाख रुपैयाँ, मूल्य अभिवृद्धि कर ५२ करोड २४ लाख रुपैयाँ असुलीको लक्ष्य रहेकोमा ९२ करोड ९९ लाख रुपैयाँ र अन्तः शुल्क २५ करोड ७१ लाख रुपैयाँ असुलीको लक्ष्य रहेकोमा १० करोड १२ लाख रुपैयाँ असुली भएको छ ।

भन्सार प्रमुख उमेश श्रेष्ठले साउन महिनामा लक्ष्य नै कम रहेकाले सहजै राजस्व असुली लक्ष्य भेट्टाइएको बताए । लामो लकडाउन र निषेधाज्ञाका कारण भन्सार विभागले कार्यालयको राजस्व असुली लक्ष्य संशोधन गरी नयाँ लक्ष्य दिइएको थियो । सामान्य अवस्थामा यो भन्सारले मासिक ३ अर्ब रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ । तर, जिल्लामा जारी निषेधाज्ञाको कारण भन्सारको कामकाज नै प्रभावित भएकाले साउन महिनाको लक्ष्य झन्डै आधाले घटाइएको हो । 

यो नाकाबाट सामान्य अवस्थामा फलाम, गेडागुडी, मदिरा जस्ता वस्तु आयात हुने गर्छन् ।
 





  • प्रकाशित मिति : भदौ ४, २०७७ बिहीबार १४:५३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया