सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको पछिल्लो विवाद समाधान गर्न बनेको कार्यदलले पछिल्ला दिनमा बैठकलाई बढाएको छ । बिहीबार मात्र पनि यो कार्यदलको प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ ।
बिहीबार विहान नै नेकपा महासचिवको नेतृत्वमा बनेको कार्यदल बैठकका लागि बालुवाटार पुगेको हो ।
स्रोतका अनुसार कार्यदलको बैठकअगाडि नेकपा महासचिव पौडेलले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।
यसअघि शनिबार, आइतबार पनि यो कार्यदलको बैठक बसेको थियो । कार्यदलले काम सुरु गरिसके पछि यसको वैधानिकतामाथि प्रश्न उठाएकाले नेकपा सचिवालय बैठक बसेर कार्यदललाई वैधानिकता दिइएको थियो । सोमबार बसेको सचिवालय बैठकले यो कार्यदललाई काम गर्न वैधानिकता दिएपछि यसको बैठक अहिले दिन दिनै जसो हुन थालेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।