कैलालीमा बिहीबारदेखि १४ गतेसम्म निषेधाज्ञा


कोरोनाको संक्रमण बढ्दै गएको भन्दै कैलालीमा बिहीबार मध्यरातदेखि निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले ४ भदौ राति १२ बजेदेखि १४ भदौसम्म निषेधाज्ञा लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 


निषेधाज्ञा उल्लंघन भए कफ्र्यू जारी  गरिने उनले  बताए । संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ मा भएको अधिकार प्रयोग गरी निषेधाज्ञा जारी भएको बताइएको छ । उक्त आदेश कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन भइसकेको छ । स्थानीय प्रशासन ऐनमा यो आदेशको कसैले उल्लंघन गर्छ भने एक महीनासम्म कैद, ५ सय रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अत्यावश्यकीय सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाएको निर्णय भएको बताइएको छ । 

यो अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइनेछैन।





  • प्रकाशित मिति : भदौ ४, २०७७ बिहीबार १७:२२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया