काठमाडौं : विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न सरकारले तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले यस्तो निर्णय गरेको हो । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दुई दिनअघि उद्धार उडानहरू स्थगित गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकले सीसीएमसीको निर्णय सच्चाएको हो ।
सरकारले विदेशबाट फर्कने नेपालीका लागि निश्चित सर्त तोकेको छ । एक मन्त्रीका अनुसार फर्कनेले अनिवार्य पीसीआर परीक्षण गरेको रिपोर्ट ल्याउनु पर्नेछ । नेपाल आएपछि आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा वा सरकारले तोकेको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने छ । खर्च गर्न नसक्नेको खर्च श्रम कल्याणकारी कोषबाट गरिने निर्णय भएको छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले उपत्यका बाहिर जान र आउनलाई पनि कडाई गर्ने निर्णय गरेको छ । त्यस्तै भारतबाट विभिन्न नाका हुँदै आउनेले पनि अनिवार्य सात दिनको होटल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।