वीरगन्ज नाकाबाट डिजेल र एलपी ग्यासको आयात बढ्यो

अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट डिजेल र एलपी ग्यासको आयात बढेको छ । पेट्रोल, हवाई इन्धन र मट्टितेलको आयात भने घटेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कलाई हेर्दा हाइस्पिड डिजेलको आयातबाट सर्वाधिक रकम बाहिरिएको छ । 

अघिल्लो आवमा ६० अर्ब ८६ करोड रुपैयाँ बराबरको ८ लाख ७५ हजार किलोलिटर डिजेल आयात भएको थियो । जसबाट १६ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवमा ५८ अर्ब २३ करोड रुपैयाँ बराबरको १० लाख २३ हजार किलोलिटर डिजेल आयात भएको छ । जसबाट २२ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

अघिल्लो आवमा २० अर्ब ३४ करोड रुपैयाँ बराबरको ३ लाख २६ हजार किलोलिटर पेट्रोल आयात भएको थियो । जसबाट ११ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवमा १७ अर्ब २४ करोड रुपैयाँ बराबरको ३ लाख ११ हजार किलोलिटर पेट्रोल आयात भएको छ । जसबाट ११ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

अघिल्लो आवमा २१ अर्ब ९६ करोड रुपैयाँ बराबरको २६ करोड ४५ लाख किलो खाना पकाउने एलपी ग्यास आयात भएको थियो । जसबाट ४ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवमा १८ अर्ब ३९ करोड रुपैयाँ बराबरको २६ करोड ७५ लाख किलो एलपी ग्यास आयात भएको छ । जसबाट ३ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

अघिल्लो आवमा १२ अर्ब ५३ करोड रुपैयाँ बराबरको १ लाख ८२ हजार किलोलिटर हवाई इन्धन आयात भएको थियो । जसबाट १ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवमा ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको १ लाख २२ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ । जसबाट ८३ करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

अघिल्लो आवमा ८८ करोड ८८ लाख रुपैयाँ बराबरको १२ हजार ८ सय किलोलिटर मट्टीतेल आयात भएको थियो । जसबाट २ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवमा ६८ करोड ६९ लाख रुपैयाँ बराबरको ११ हजार १ सय २४ किलोलिटर मट्टीतेल आयात भएको छ । जसबाट ३ करोड ६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 



वीरगन्ज नाका इन्धन आयात हुने मुलुककै मुख्य नाका हो । इन्धनको आयातबाट संकलन हुने राजस्वले यो भन्सारको कुल राजस्वमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । कार्यालयका सूचना अधिकृत विमल साहले अघिल्लो वर्षको तुलनामा गत वर्ष पेट्रोल, हवाई इन्धन र मट्टितेलको आयात घट्नुमा गत आवको चैत महिनादेखि सुरु भएको लकडाउन नै मुख्य कारण हुन सक्ने बताए । लकडाउनका कारण सवारी साधन चल्न नपाएका र हवाई सेवा पनि अवरुद्ध भएकाले पेट्रोल र हवाई इन्धनको आयात घटेको हुन सक्ने उनले बताए ।



  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार ११:१०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया