लिदी पहिरो : मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । ३५ वर्षीया सानीकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शनिबार (आज) शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । 

पहिरोमा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए । 





  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार १२:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया