नेकपा कार्यदलको बैठक जारी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित कार्यदलको बैठक बालुवाटारमा जारी छ ।

बैठकमा विषयवस्तु टुङ्ग्याउने गरी छलफल भइरहेको स्रोतले जानकारी दियो । कार्यदलको बैठक बिहीबार यता बस्न सकेको थिएन ।

शुक्रबार नै टुङ्गिन बाँकी विषयमा सहमति जुटाएर प्रतिवेदनको रूप दिने तयारी गरिएको भए पनि कार्यदलका सदस्य भीम रावल बाढी ग्रस्त क्षेत्र अवलोकन गर्न गृहजिल्ला जानु परेकाले बैठक बस्न सकेका थिएन । 

‘धेरै कुरा मिल्न बाँकी पनि नरहेकाले आजै प्रतिवेदन तयार पार्ने सम्भावना रहेको छ,’ बालुवाटार स्रोतले जानकारी दियो ।

कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउने गरी सहमतिको प्रस्ताव तयार पारिरहेको स्रोतको दाबी छ । दुईजना अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद्, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत महत्त्वपूर्ण विषयमा पार्टीमा छलफल भएपछि मात्रै सरकारले निर्णय लिने, एकता महाधिवेशनलगायतका विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

यता माधव नेपाल समूहले महाधिवेशनका बारेमा पनि कार्यदलमा सहमति गर्न खोजिए समस्या सिर्जना हुने बताइसकेको छ । महाधिवेशनमा कुन विचार राख्ने, कसले नेतृत्व गर्ने प्रतिनिधिहरूको सार्वभौम अधिकार भएकाले अहिलेको कार्यदलले त्यसमा हस्तक्षेप गर्न नसक्ने उनीहरूको निष्कर्ष छ ।





  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार १५:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया