नेकपा विग्रहमा रोटी सेक्ने कोशिस अब कसैले नगरे हुन्छः विष्णु पौडेल (भिडिओसहित)

लामो समयदेखि नेकपामा जारी विवाद अब विस्तारै सामसुम होला भन्ने अनुमान धेरैले गरेका छन् । विशेषगरि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बनाएको कार्यदलले प्रतिवेदन बुझाएपछि यो अनुमान गर्न थालिएको हो ।

तर, नेकपमा अहिलेको विवाद समाधानका लागि यो कार्यदलले बुझाएको प्रतिवेदनमा दुवै पक्षका नेताहरुको पूर्ण सहमति भने आइसकेको छैन । कार्यदलले बुझाएको प्रतिवेदनलाई अब सचिवालय बैठकमा लगिने नेकपाका दुई अध्यक्षले प्रतिबद्धता जनाएका छन् । 

कार्यदलले बुझाएको प्रतिवेदनले अहिलेको नेकपा विवाद समाधान गर्ला त ? 

कार्यदलका संयोजक तथा नेकपाका महासचिव विष्णु पौडेलले शनिबार कार्यदलले १७ पेज लामो प्रतिवेदन बुझाएपछि नेपाल न्युज एजेन्सीसँग भनेका छन्, ‘यसले अहिलेको विवाद समाधान गर्नेछ ।’

सँगै उनले थपेका छन्, ‘नेकपा विग्रहमा रोटी सेक्ने कोशिस अब कसैले नगरे हुन्छ ।’





  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार २२:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया