वीरगन्ज : वीरगन्जको वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारत कोरोना संंक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–११ की ५६ वर्षीया संक्रमित महिलाको शनिबार बेलुकी मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।
ज्वरोका साथै खोकी र श्वास प्र-श्वासमा समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो।
साउन २४ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई सोही दिन कोभिड अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । शनिबार साँझ साँढे ७ बजे उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यससँगै वीरगन्जमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।