बालबालिकाले मास्क लगाउनेबारे डब्लूएचओको नयाँ नियम

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा बढी आयु भएका बच्चाहरुले मास्क लगाउनेबारे नयाँ नियम ल्याएको छ । 

डब्लूएचओले जुन जुन देशमा वयस्कका लागि जुन नियम लगाइएको छ, त्यही नियम १२ वर्षभन्दा माथिकामा पनि लागु गर्नु पर्ने नियम ल्याएको हो ।

बालबालिकाबाट भाइरस कति फैलिन्छ भन्ने अहिलेसम्म एकिन नभइसकेको भन्दै डब्लूएचओले पाँच वर्षभन्दा कम उमेरका बालबालिकाले चाहिँ मास्क लगाउन नहुने जनाएको छ । त्यस्तै, ११ वर्षसम्मका बालबालिकालाई परिवारले ध्यान दिनु पर्ने डब्लूएचओले जनाएको छ ।

६० वर्षभन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाए पनि ६० वर्षभन्दा माथि र दीर्घरोगीले चाहिँ मेडिकल मास्क लगाउनु पर्ने पनि डब्लूएचओले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार ९:२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया