पञ्चमीसँगै सकियो तीज

नेपाली हिन्दू महिलाहरूको प्रमुख चाड हरितालिका (तीज) ऋषिपञ्चमीसँगै सकिएको छ । महिलाहरूले आज (आइतबार) नदी र पवित्रस्थलमा गई स्नान गरी सप्तऋषिको पूजा र कथा श्रवण गरी यस वर्षको तीज समापन गरेका छन् ।  

भक्तपुरको बोडेस्थित मनोहरा खोलामा सदा झै भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीका अवसरमा स्नान गर्ने महिला देखिए पनि विगतमा जस्ता भीडभाड भने देखिएन । उनीहरूले बिहानै नजिकको नदी, खोला ताल र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी सप्तऋषिको पूजा आराधना गरेका छन् ।


 





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १६:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया