काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वीकृति दिएको छ।
चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि निजी कम्पनी इच्छुक देखिएपछि स्वीकृति दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको स्वीकृतिमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भ्याक्सिन परीक्षण, अध्ययन र अनुसन्धानमा नेतृत्व लिएको छ ।
कोरोनाविरुद्धका क्लिनिकल परीक्षणमा रहेका चीन, रुस र बेलायतमा बनेका भ्याक्सिन नेपालमा परीक्षण, अध्यययन र अनुसन्धानका लागि परिषद्ले नेतृत्व लिएको परिषदले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।