चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टाइनमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकलाई कोरोना देखिएको छ । आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका चालकमा कोरोना पुष्टि भएको हो ।

 

मुख्यमन्त्री निवासको गाडी चलाउँदै आएका २३ वर्षीय उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा राखिएको उनको सचिवालयले जनाएको छ । चालकलाई कोरोना पुष्टि भएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनी आफ्नै निवासमा सुरक्षित ढंगले सेल्फ क्वारेन्टाइनमा बसेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

 

संक्रमित चालक मुख्यमन्त्रीसँगै उनको परिवारसहित केही दिनअघि डोटी पुगेर फर्किएको बताइएको छ । मुख्यमन्त्रीसहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी भएको छ ।
 





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १७:३४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया