काठमाडौं– काठमाडौं उपत्यकामा अब बिहान सवा नौ बजेसम्म खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले आइतबार एक विज्ञप्ति निकाल्दै व्यवसाय सञ्चालन गर्ने समय तोकेको हो ।
प्रशासनले अत्यावश्यक सेवाअन्तर्गत खाद्यान्न, दूध, फलफूललगायत पसल बिहान नै बजेसम्म सञ्चालन गर्न पाउने जानकारी गराएको छ । औषधि, पानी र स्वास्थ्य सामग्रीलगायत अत्यावश्यक वस्तु र सेवा भने जुनसुकै समयमा पनि खुल्ला राख्न सकिने जनाएको छ ।
यसरी व्यापार सञ्चालन गर्दा अनिवार्य रुपमा भौतिक दूरीको पालना गर्नुका साथै मास्कको प्रयोग गर्नुपर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।