दिल्ली : ७३ दिनमा कोरोना भाइरसविरुद्धको खोप आउने खबरमाथि भारतको औषधि कम्पनी सिरम इन्स्टिच्यूट अफ इण्डियाले खण्डन गरेको छ ।
सञ्चारमाध्यममा ७३ दिनभित्र कोरोनाविरुद्धको खोप आउने भनी आएका खबरहरु निराधार रहेको इन्स्टिच्युटले जनाएको छ ।सरकारले आफ्नो कम्पनीलाई
कोरोनाविरुद्धको खोप बनाउन अनुमति दिएको तर अहिलेसम्म बनिनसकेको सिरमले स्पष्ट पारेको छ । कोरोनाविरुद्धको खोप नमुना परीक्षणमा सफल भएर आधिकारिक रुपमा पुष्टि भएपछि मात्रै बजारमा जाने इन्स्टिच्युटले जानकारी दिएको छ । भारतमा अहिलेसम्म ३१ लाख ५ हजारभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने ५७ हजारभन्दा धेरैको ज्यान गएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।