नेकपा कार्यदलको प्रतिवेदन बाहिरियो, यस्तो छ पूर्णपाठ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको आन्तरिक विवाद समाधान गर्न निर्माण गरेको कार्यदलको प्रतिवेदन बाहिरिएको छ ।

दुई अध्यक्षबीच छलफल पश्चात् सचिवालयमा छलफल हुने र त्यसपछि स्थायी समिति बैठकसम्म गोप्य राख्न भनिएको प्रतिवेदन बाहिरिएको छ । 

साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन गरेको कार्यदलले भदौ ६ गते दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई उक्त प्रतिवेदन संयुक्त रुपमा बुझाएको थियो । तर स्थायी समितिसम्म गोप्य राख्न भनिएको उक्त प्रतिवेदन एकाएक बाहिरिएको छ । 

कार्यदलले तयार पारेको प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजन किटानी गरेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूरै पाँच वर्ष सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालन गर्ने सुझाव उल्लेख गरिएको छ । मूल रुपमा दुवै अध्यक्षको कार्य विभाजन ठोस रुपमा गर्ने, सरकार ओलीले, पार्टी प्रचण्डले सञ्चालन गर्ने तर दुवैको सल्लाहमा निर्णय गर्ने, आगामी चैतसम्म पार्टीको महाधिवेशन गर्ने, पार्टीभित्रको वैचारिक बहस महाधिवेशनमा टुङ्ग्याउने, महाधिवेशनबाट थप नयाँ विचार ल्याउने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यसैगरी पार्टी एकताको बाँकी काम छिटोभन्दा छिटो सक्ने, संसदबाट एमसीसी जस्ताको त्यस्तै पास नगर्ने, छलफल गर्ने, नक्साका बारेमा थप स्पष्ट पार्ने, शान्ति प्रक्रियाको बाँकी काम छिटोभन्दा छिटो सम्पन्न गर्ने, सरकारको कामलाई प्रभावकारी रुपमा गाडी बढाउने, आवश्यकता अनुसार संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारलाई फेरबदल गर्ने, प्रभावकारी बनाउने कुरा प्रतिवेदनमा उल्लेख गरिएका छन् ।   

गएको वैशाख महिनायता नेकपाभित्र आन्तरिक विवाद चर्किदै गएको हो । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि विवाद निक्कै उत्कर्षमा पुगेको थियो । मूल रुपमा प्रतिनिधिसभाको बाँकी कार्यकाल ओलीले नै सरकार सञ्चालनको काम गर्ने र सम्पूर्ण रुपमा कार्यकारी अधिकारको जिम्मा लिएर प्रचण्डले पार्टी हाँक्ने गरी कार्यदलले प्रतिवेदन बुझाएसँगै ओलीलाई राहत मिलेको छ । 



पढ्नुहाेस् कार्यदलले बुझाएकाे प्रतिवेदन:



 

 

  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १०:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया