ओली-प्रचण्डबीच भेटवार्ता रोकियो
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार हुने भनिएको भेटवार्ता रोकिएको छ । महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि भेटवार्ता तय भए पनि अन्तिम समयमा रोकिएको बालुवाटार स्रोतले जनाएको छ ।

पौडेल संयोजकत्वको कार्यदलले नेपाल-भारत सीमा समस्याका लागि स्थायी कमिटीबाट विशेष प्रस्ताव पारित गर्न सुझाव दिएको थियो । भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल सदस्य रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि विभिन्‍न सुझाव दिइएको छ ।

अध्यक्षद्वयको छलफलमा सहमति जुटेपछि नेकपाले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । 





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १२:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया