देउवालाई सभापतिमा मैले मात्र हराउन सक्छुः शशांक कोइराला

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांका कोइरालाले सभापतिमा शेरबहादुर देउवालाई आफूले पराजित गर्न सक्ने दाबी गरेका छन् । उनले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमा मात्र देउवा पराजित हुने अन्यथा देउवालाई अरुले हराउन नसक्ने बताएका हुन् । 

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै डा. कोइरालाले आफूले योबीचमा धेरैसँग कुराकानी पनि गरेको र गाउँगाउँबाट आफूलाई सभापतिमा उठ्नका लागि आह्वान भएको बताएका छन् । 

‘व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ,’ कोइरालाले भनेका छन्, ‘म यो ग्यारेण्टीका साथ भन्न चाहन्छु मवाहेक शेरबहादुर जी लाई हराउने व्यक्ति छैन ।’ 

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशिल सदस्यता वितरण, विभाग गठनलगायतका काम विधान विपरित गरिरहेको आरोप लगाउँदै डा. कोइरालाले अहिले सभापति शेरबहादुर देउवाले मनोमानी गरिरहेको आरोप पनि लगाएका छन् ।

महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको डा. कोइरालाले बताएका छन् । आफू सभापतिमा निर्वाचति भएपछि सबैभन्दा पहिले पार्टी एकजुट गर्ने पनि उनले बताएका छन् ।

तोकिएकै मिति फागुन ७ गते महाधिवेशन सम्पन्न भएमात्र आगामि निर्वाचनमा पार्टीलाई सही स्थानमा ल्याउन सकिने पनि डा. कोइरालाले बताएका छन् । 



‘कम्युनिस्टहरु डेमोक्रेसीमा विश्वास गर्दैनन्’ डा. कोइरालाले भनेका छन्, ‘डेमोक्रेसी अहिले पनि खतरामा छ ।’



  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १५:२०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया