वीरगञ्ज– वीरगञ्जको गण्डक कोभिड विशेष अस्पतालमा उपचाररत एकजनाको मृत्यु भएको छ । उनको कोरोना परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।
पर्साको सुपौली घर भएका ६८ वर्षीय पुरुषको आइतबार राति १० बजे मृत्यु भएको हो । मुटुसम्बन्धी समस्या आएपछि उनी तराई अस्पताल पुगेका थिए । उनी आइतबार राति साढे ९ बजे गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए ।
उनको एक्स–रे रिपोर्टमा दुईवटै फोक्सोमा निमोनिया देखिएको थियो । अक्सिजन दिँदा पनि अक्सिजन लेभलमा सुधार आइरहेको थिएन । अस्पतालमा बेड खाली नभएका कारण समन्वय गरेर कोभिड अस्पतालमा रिफर गरिएको तराई अस्पतालले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।