कोरोना संक्रमणका कारण पाटन अस्पतालमा थप दुईजनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं का ७४ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीय पुरुष छन् ।

उनीहरु दुवैको ललितपुरस्थित पाटन अस्पतालमा सोमबार निधन भएको हो । स्वास्थ्य कार्यालय ललितपुरले यसबारे जानकारी दिएको छ ।

७४ वर्षीय पुरुष काठमाडौं निवासी हुन् । भदौ ६ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका उनको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।  

श्रावण २५ गतेदेखि पाटन अस्पतालमा उपचाररत धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबारै उपचारको क्रममा मृत्यु भएको हो ।





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १९:४२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया