नेकपा सचिवालय बैठक शनिबार बस्ने
फाइल तस्वीर ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । आज दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएपछि नेकपा सचिवालय बैठक शनिबार बस्नेगरि टुङ्ग्याइएको हो । 

मंगलबार यी दुई अध्यक्षले यसअघि बनेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गरेका थिए । यो प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल हुने भएको छ ।

यही कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न सचिवालय बैठक शनिबार बोलाउने भनिएको हो । कार्यदलको प्रतिवेदनमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको कार्यकालभर प्रधानमन्त्री पद सम्हाल्ने र अध्यक्ष प्रचण्डले पार्टी सन्चालन गर्ने प्रस्ताव गरिएको छ ।





  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार १३:२९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया