कोरोनाभाइरस भ्याक्सिनबारे हतारमा निर्णय नगर्नूः डा. फाउची

अमेरिकाका शीर्ष भाइरस विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरस भ्याक्सिनबारे अहिले विश्वभर भइरहेको हतारोलाई चेतावनी दिएका छन् । उनले यसरी हतार गर्दा भ्याक्सिन असुरक्षित हुनसक्ने बताएका छन् । 

उनले समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै बताएका छन् यस्तो हतारोका कारण साँच्चिकै भ्याक्सिनमा काम गरिरहेकाहरुलाई पनि समस्या हुनसक्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बनिरहेको एक भ्याक्सिनलाई दिएको ‘हरियो झन्डा’ र डा. फाउचीको यो अभिव्यक्तिलाई निकै धेरैले प्राथमिकताका साथ हेरेका छन् ।

डा. फाउचीले अब बन्ने भ्याक्सिन साँच्चिकै सुरक्षित हुनु महत्वपूर्ण भएको बताएका छन् ।





  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार २३:४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया