कैलालीमा एक कोरोनाभाइरस संक्रमित पुरुषको निधन भएको छ । ४५ वर्षका यी पुरुषको बुधबार विहान निधन भएको हो ।
उनलाई कोरोना संक्रमण भएको मंगलबार मात्र पुष्टि भएको थियो । सेती प्रादेशिक अस्तालमा भर्ना भएका उनको मृत्युसँगै मंगलबार रातभर र बुधबार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ पुगिसकेको छ ।
सुदूरपश्चिम प्रदेशमा चाहिँ बुधबारसम्म १४ जनाले कोभिड १९ कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।