पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा. जागेश्वर गौतमले काठमाडौंमा २३० ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ८८५ जनाको कोरोना संक्रमणको पुष्टि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।