मेरो नाता–सम्बन्धका व्यक्तिले पद वा सम्बन्धको दुरुपयोग गरेका छैनन् : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं– प्रा.डा. उपेन्द्र कोइरालाले आफ्ना सम्धी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको पदको उपयोग गरेर पटक–पटक सरकारी नियुक्ति पाएको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएको आलोचनाको उपप्रधानमन्त्री पोखरेलले खण्डन गरेका छन् । 

बुधबार एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री पोखरेलले आफ्नो नाता वा सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरुपयोग नगरेको दाबी गरेका हुन् । 

आफ्नो नाता सम्बन्धका व्यक्तिले लाभको पद लिएर कानुनी व्यवस्थाको उल्लंघन नगरेको उल्लेख गर्दै उनले त्यस्ता समाचारमा सत्यता नभएको दाबी गरेका हुन् । 

केही दिनयता आफूलाई केन्द्रित गरी कतिपय सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले ती समाचारको खण्डन गरेका हुन् । 

उपप्रधानमन्त्री पोखरेलको​ विज्ञप्ति :





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार १६:२२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया