काठमाडौं– छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ । बुधबारसम्म भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख ३९ हजार ९६ पुगेको हो ।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै ६६ हजार ८७३ जना संक्रमित थपिएका छन् । भारत विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचीमा तेस्रो भएको छ । एसियाली देशमा भने भारत पहिलो बढी संक्रमित भएको देश बनेको छ ।
भारतमा कोरोना भाइरसको संक्रमणका कारण ५९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १०६६ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म २४ लाख ६८ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख १० हजार ७६३ जनाको उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।