स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख फेरिए

काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टको सरुवा गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार उनीसहित ६० कर्मचारीको सरुवा गरेको हो । 

मन्त्रालयले विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरेको हो । विष्टको सरुवापछि उनको ठाउँमा दामोदर रेग्मीलाई ल्याइएको छ । 

रेग्मीले यसअघि प्रदेश नं १ मा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका थिए ।





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार १८:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया