लिदी पहिरोबाट विस्थापितलाई स्थायी व्यवस्थाका लागि पहल गर्ने सभामुखको प्रतिबद्धता

चौतारा– सिन्धुपाल्चोकको जुगलमा पर्ने लिदी पहिरोबाट विस्थापितलाई सभामुख अग्निप्रसाद सापकोटाले भेटेका छन् । पहिरोपीडितको परिवारको दुःखमा ऐक्यबद्धता जनाउन आएको उल्लेख गर्दै उनले पहिरोबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षाको सबै व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । 

यसअघि बुधबारै पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतले सो पहिरोमा अभिभावक गुमाएक सात बालिकाको १२ कक्षासम्मको पढाइ खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । बस्नेत गत संसदीय निर्वाचनमा सापकोटाका निकटतम प्रतिद्वन्द्वी हुन् ।  

गत साउन ३० गते सिन्धुपाल्चोक जुगल गाँउपालिका–२ लिदीमा पहिरो जाँदा ३३ जनाको ज्यान गएको थियो भने ६ जना अझै बेपत्ता छन् । सेलाङको बाँसखर्कमा अस्थायी रुपमा बस्दै आएका पीडित परिवारसँग भेटेर सभामुख सापकोटाले उनीहरुको स्थायी व्यवस्थाको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

सभामुख सापकोटासँगै साथ वैकल्पिक उर्जा प्रवर्द्र्धन केन्द्रका प्रमुख मधुसुदन अधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता समेतले पहिरोबाट विस्थापितहरुलाई भेटेर सहयोगको आश्वासन दिएका छन् । 





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार १८:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया