मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

काठमाडौं– मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषदका २२ निर्णय सार्वजनिक गरेको हो । 

खतिवडाका अनुसार सरकारले सहन्यायाधिवक्तामा ज्ञानप्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय गरेको छ । 

सरकारले सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीको बढुवा गरी पदस्थापन गरेको छ भने १२ महासेनानीको सरुवा पनि गरेको उनले जानकारी दिए । 

'कुलमानलाई ​सामाजिक सञ्जालले पुनः नियुक्ति दिएको होला'

प्रवक्ता खतिवडाले अहिलेसम्म नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्तिबारे छलफल र निर्णय नभएको पनि जनाए ।

कुलमान घिसिङलाई पुनः नियुक्तबारे बोल्दै उनले भने,  ‘सामाजिक सञ्जालले नियुक्ति दिएको होला । तर, सरकारले त्यसबारे कुनै छलफल र निर्णय गरेको छैन । सामाजिक सञ्जालले गरेको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन। सूचनामा सत्यता छैन।’



घिसिङको ४ वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदै छ । उनलाई पुनः नियुक्त गरिनुपर्छ भनेर सर्वसाधारणले आवाज उठाइरहेका छन् ।

मन्त्रिपरिषद् बैठकका २२ निर्णय यस्ता छन् :



 

  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १६:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया