जापानी प्रधानमन्त्रीको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी, गर्दैछन् पत्रकार सम्मेलन

जापानी प्रधानमन्त्री शिन्जो आबेले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् । 

यो पत्रकार सम्मेलनमा उनले आफ्नो स्वास्थ्यबारे बताउने अनुमान गरिएको छ । पछिल्लो एक साता यता विभिन्न अस्पतालमा शिन्जोका विभिन्न परीक्षणहरु गरिएको छ ।

तर, जापानको सत्ताधारी पार्टीले चाहिँ शिन्जोको स्वास्थ्य ठिक रहेको बताएको छ । अर्कोतिर शिन्जोले आफ्नो स्वास्थ्य कमजोर भएकाले प्रधानमन्त्री पद छोड्न सक्ने अनुमान पनि गरिएको छ । उनको यो कार्यकाल २०२१ को सेप्टेम्बरसम्म रहेको थियो ।

पछिल्लो समय चाहिँ कोरोनाभाइरस महामारीसँग लड्ने विषयमा जापानी प्रधानमन्त्री शिन्जोको व्यापक आलोचना हुँदै आएको छ ।






  • प्रकाशित मिति : भदौ १२, २०७७ शुक्रबार ९:३६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया