पोखरा महानगरमा थपिए ११ संक्रमित
फाइल फोटो

कास्कीको पोखरा महानगरपालिकामा ११ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा विभिन्न वडाका २ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

थपिएकामध्ये पोखरा महानगरपालिका–२ का संक्रमित कामना विकास बैंक, र पोखरा महानगरपालिका–३ का संक्रमित एभरेस्ट बैंकमा कार्यरत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै पोखरा महानगरपालिका–१४ का ३५ वर्षीय संक्रमित व्यक्ति इन्जिनीयरिङ कन्सल्टेन्सीमा कार्यरत रहेको र पोखरा महानगरपालिका–१ का संक्रमित मोबाइल पसल सञ्चालक रहेको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका–५ का संक्रमित पोखरा औद्योगिक क्षेत्रमा कार्यरत छन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयको भनाइ छ ।

पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०३६ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ १२, २०७७ शुक्रबार १४:३४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया