सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सरेको छ ।
नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबारको भेटवार्तापछि शनिबारका लागि तय भएको बैठक सारिएको हो । रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित भएको बैठकका सहभागीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि बैठक १८ गतेसम्म धकेलिएको सचिवालयका एक नेताले जानकारी दिए ।
‘रक्षामन्त्री र गृहमन्त्री उपस्थित भएको बैठकमा सहभागी भएकालाई कोरोना देखिएछ । त्यही कारणले बैठक धकेलिएको हो,’ सचिवालयका ती नेताले भने ।
यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पिएसओ सहित सुरक्षा गार्डलाई कोरोना सङ्क्रमण देखिएपछि सचिवालयको बैठक १३ गतेलाई तय भएको थियो । नेता नेपाल झन्डै सात दिन होम क्वारेन्टिनमा बसेको थिए ।
नेपालसहित उनको सचिवालयको बुधबार पनि कोरोना परीक्षण भएको थियो । सबैको नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ ।
अब बस्ने सचिवालय बैठकमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । पार्टीभित्र विवाद उत्पन्न भएपछि असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरुद्ध छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।