भारतमा शुक्रबार फेरि बनायो कोरोनाले रेकर्ड

भारतमा शुक्रबार कोरोनाभाइरस संक्रमणले नयाँ रेकर्ड बनाएको छ । 

त्यहाँ शुक्रबार मात्र ७७ हजार २ सय ६६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

योसँगै भारतमा कोरोना संक्रमितको संख्या तीस लाख ३९ हजार पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७ अगस्टदेखि भारतमा प्रत्येक दिन सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । र, अमेरिका तथा ब्राजिलपछि भारत नै सबैभन्दा बढी प्रभावित देश पनि बनेको छ । 

शुक्रबार मात्र भारतमा १ हजार ५७ जनाको कोभिड १९ का कारण निधन भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१ हजार ५ सय २९ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ १२, २०७७ शुक्रबार १६:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया