नेकपा उपाध्यक्ष वामदेव गौतमको नयाँ गीत ‘यो बुद्ध भूमि’, उनकै मोडलिङ

तमाम राजनीतिक खिचातानी र खेलहरुका कारण व्यस्त दैनिकी भए पनि नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम कहिलेकाहीँ सिर्जनामा लाग्छन् । त्यसैले कहिले उनको पुस्तक निस्किएको हुन्छ भने कहिले गीत ।

बिर्सनु हुँदैन, गौतमले यसअघि विभिन्न गीत लेख्ने प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । सबैभन्दा पछिल्लो पटक नेपालको राष्ट्रिय गान छान्ने समयमा पनि आह्वान गरिएको प्रतिस्पर्धामा नेता गौतमले गीत पठाएका थिए । तर, प्रतियोगितामा उनको गीत छनोट भएन ।

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक राजनीतिमा ‘पिभोटल पोइन्ट’ नेता गौतमले देश प्रतिको माया झल्किने गरि नयाँ गीत सार्वजनिक गरेका छन् । 

यो गीत उनले लेखेका मात्र होइनन, गीतको म्युजिक भिडियोमा पनि उनको मोडलिङ रहेको छ ।

‘यो बुद्ध भूमि’ बोलको यो गीत शुक्रबार अँगालो क्रियसन नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गौतमले गीतमा नेपालको प्राकृतिक सौन्दर्यलाई मात्र स्थान दिएका छैनन्, यहाँको कला सँस्कृतिको पनि खुलेर वर्णन गरेका छन् । अनि विविधतामा नेपाल एक भएको सन्देश दिँदै उनले सबै नेपाली एक रहन र देशप्रति प्रेरित हुन पनि गीतमा अनुरोध गरेका छन् ।

शुक्रबार रिलिज गरिएको गौतमले लेखेको यो गीतमा चाहिँ रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अन्जना गुरुङले स्वर दिएका हुन् । गीतमा संगीत शम्भुजित बाँस्कोटाले गरेका हुन् । 



गीतको निर्माण चाहिँ गौतमका छोरा हरिशले गरेका हुन् । यो गीतको भिडियो दीर्घ गुरुङले छायांकन गरेका हुन् ।



  • प्रकाशित मिति : भदौ १२, २०७७ शुक्रबार १७:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया