ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

सैनामैना नगरपालिका ५ बुद्धनगर स्थित सडकमा ना.६ ख ५७०२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ६ कलौनी बस्ने छत्रबहादुर विकको १६ वर्षीय छोरा विनोद विकको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका विनोदको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : भदौ १२, २०७७ शुक्रबार १७:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया