त्रिविका पदाधिकारीले विद्यार्थीको भविष्य अन्धकार बनाएः नेवि संघ

काठमाडौं– नेपाल विद्यार्थी संघले त्रिविका पदाधिकारी विद्यार्थीप्रतिको जिम्मेवारी र दायित्व निर्वाह गर्न अक्षम रहेको भन्दै खेद प्रकट गरेको छ । संघका तर्फबाट विज्ञप्ति जारी गर्दै महामन्त्री बलदेव तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्य अन्धकार बनाउने काममा लागेको आरोप लगाएके छ । 

अहिलेको कोरोना संकटको अवस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धानमार्फत विश्वका अन्य विश्वविद्यालयसरह नयाँ–नयाँ तथ्यसँगै यसको निराकरणका उपाय पत्ता लागाउनुपर्नेमा त्यसो गर्न नसकेको उनले आरोप लगाएका छन् ।  

त्रिविले परीक्षाको निम्ति चारवटा उत्तम विकल्प भन्दै अघि सारे पनि मापदण्ड नबनाएकाले र त्यसको विश्वसनीयता र वैधतामाथि प्रश्न उठेको नेविसंघको आरोप छ । 

त्रिविका वर्तमान पदाधिकारीको अर्कमण्यताले विद्यार्थीमा पारेको मानसिक पीडा कोरोनाको कहरभन्दा ठूलो रहेको महामन्त्री तिमिल्सिानाले आरोप लगाएका छन् ।





  • प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार १६:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया