काठमाडौं– नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ । शनिबार थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै यति संख्यामा कोरोना संक्रमित पुगेका हुन् ।
शनिबार थपिएकामा काठमाडौंका १५५, काभ्रेपलाञ्चोकका १९ र चितवनका ५७, इलामका १, झापाका २०, धनकुटाका १९, मोरङका ३१, संखुवासभाका ३, सुनसरीका २४, धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३, सिराहाका २२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कपिलवस्तुका २, नवलपरासी पश्चिमका १०, गुल्मीका १, दाङका १९, बाँकेका २०, रुपन्देहीका १६, जाजरकोटका १, रुकुमपश्चिमका १, जुम्लाका १, दैलेखका १, सुर्खेत १०, कैलालीका १९, कञ्चनपुरका १७, दार्चुलाका ३, बझाङका २६ र बैतडीका २१ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी, दोलखामा १, धादिङमा ९, भक्तपुरमा १२, मकवानपुरमा ९, ललितपुरमा १९, सिन्धुपाल्चोकमा १, कास्कीमा ३, नवलपरासी पूर्वमा २३, लमजुङमा २९ जना थपिएको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।