जर्मनीमा कोरोना प्रतिबन्धविरुद्ध भव्य प्रदर्शन

कोरोनाभाइरससँग लड्न लगाइएको प्रतिबन्धहरुविरुद्ध जर्मनीको राजधानी बर्लिनमा शनिबार हजारौँ मानिसहरु प्रदर्शनीमा उत्रिएका छन् । दुई समूहले आयोजना गरेको यो प्रदर्शनीमा कम्तिमा पनि ३८ हजार मानिस सहभागी भएको बताइएको छ ।

बर्लिनको केन्द्रमा भएको यो प्रदर्शनमा प्रदर्शनकारीहरुले सरकारले लगाएको प्रतिबन्धहरु खारेज हुने माग गरेका थिए । प्रदर्शनकारी सडकमा निस्किएपछि प्रहरीसँग झडप भएको थियो । 

झडपमा प्रहरीले २ सयभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । 

त्यस्तै, अर्को एक समूहले आयोजना गरेको प्रदर्शनीमा ३० हजारभन्दा धेरै सहभागी भएका छन् । जर्मन अखबार डाएचे वेलेका अनुसार विरोध प्रदर्शनमा भएका झडपमा केही प्रहरी घाइते पनि भएका छन् । 

युरोपमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भएका जिल्लामध्ये एक हो, जर्मनी । जर्मनीमा अहिलेसम्म २ लाख ४२ हजार संक्रमित भेटिएका छन् । त्यहाँ कोभिड १९ का कारण ९ हजार २ सय ९७ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो समय लकडाउन केही खुकुलो बनाए पछि जर्मनीमा कोरोनाभाइरस संक्रमितको संख्या पनि बढ्दै गएको छ ।





  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार ५:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया