स्वीडेनमा एक दक्षिणपन्थी पार्टीका समर्थकले कुरान जलाएकोमा विरोध प्रदर्र्शन गरिरहेका छन् । यहीबीच त्यहाँ शनिबार भएका विरोध प्रदर्शन थप हिंस्रक बनेका छन्, प्रदर्शनकारी र प्रहरीबीच झडप भएका छन् ।
शुक्रबार पनि त्यहाँ घन्टौं प्रदर्शन भएका थिए ।
देशका दक्षिणमा रहेको माल्मो सहरमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले पसलहरु तोडफोड गरेका छन्, गाडीहरु जलाइदिएका छन् ।
यसअघि त्यहाँको प्रशासनले दक्षिणपन्थी नेता रासमुस पालुदनलाई प्रदर्शनमा भाग लिनबाट रोकेको थियो ।
यही र्यालीमा कुरान जलाउने योजना बनेको थियो । रासमुस सहभागी नभए पनि त्यो र्यालीमा कुरान चाहिँ जलाइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।