सप्तरी र वीरगन्जमा संक्रमितको मृत्यु
फाइल फोटो

सप्तरीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । राजविराज नगरपालिका–२ की ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
    
पाँच दिन अघिदेखि ज्वरो आइरहेकी ती महिलाले राजविराजस्थित निजी क्लिनिकमा उपचार गराइ रहेकी थिइन् । निमोनियाबाट ग्रसित भएकी उनलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई विराटनगर लैजाँदै गर्दा मृत्यु भएको मृतकका परिवारले जनाएका छन् ।

वीरगन्जको गण्डक कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।   रौतहटको राजपुरका ४० वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो ।

उनलाई  भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएपछिगण्डक अस्थायी कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो कोभिड अस्पतालमै उपचारका क्रममा उनको आइतबार बिहान पौने ८ बजे मृत्यु भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार १०:४७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया