चीनमा होटल भत्किँदा २९ जनाको मृत्यु

चीनको उत्तरी प्रान्त साङ्सीमा एउटा होटल भत्किँदा मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

स्थानीय अधिकारीहरुले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको बताएका छन् । 

शनिबार बिहान दुई तले होटल भत्किएर १७ जनाको मृत्यु भएको तथा २८ जना घाइते भएको विवरण प्राप्त भएको थियो । घाइतेमध्ये अझै पनि सात जनाको अवस्था गम्भीर रहेको छ । 

होटल भत्किनुको कारणका बारेमा स्थानीय अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन् । उक्त घटनाको छानबिनका लागि एक समिति नै बनाइएको छ ।





  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार १९:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया