भारतमा चर्चित रियालिटी सो ‘बिग बोस’को नयाँ संस्करण सुरु हुने भएको छ । बिग बोसको १४औँ संस्करण अक्टोबरदेखि प्रसारण हुने बताइएको छ ।
यो संस्करण पनि बलिउड अभिनेता सलमान खानले नै होस्ट गर्ने तय भएको छ । त्यसका लागि सलमानसँग पारिश्रमिकको डिल भइसकेको छ । उनले प्रति एपिसोड साढे दुईलाख भारु पाउनेछन् ।
कोरोनाभाइरसका कारण दर्शकहरुमा नैराश्यता छाइरहेको र यस्तो अवस्थामा मानिसहरुलाई हौसला प्रदान गर्न ‘बिग बोस १४’ सुरु गर्न लागेको भन्दै आयोजकले यसले दर्शकमा हौसला बढेको दाबी गरेको छ ।
केही समयअघि बिग बोसको प्रोमो सार्वजनिक भएको थियो । सार्वजनिक प्रोमोमा सलमानले हलमा बसेर पपकर्न खाइरहेको देखिएको थियो ।
यस सोको छायांक्नमा १६ जना सहभागी रहने र कोरोनालाई मध्यनजर गरी सुरक्षाका उपाय अपनाउदै सञ्चालन गरिने जनाइएको छ ।
सोका लागि सलमानले ३ महिनासम्म हप्ताको एक दिन समय दिनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।