भारतमा कोरोनाले बनायो अर्को रेकर्ड

भारतमा पछिल्ला दिनहरुमा प्रत्येक दिन हजारौँको संख्यामा कोरोनाभाइरस संक्रमित थपिन थालेका छन् । पछिल्लो २४ घन्टामा भारतमा ७८ हजार ५ सय १२ जना कोरोनाभाइरस संक्रमति थपिएका छन् । यो भारतमा अहिलेसम्म एकै दिन थपिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो ।

भारतमा यही समयमा ९ सय ७१ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । योसँगै अब भारतमा ६४ हजार ४ सय ६९ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयको दिएको जानकारीअनुसार अब भारतमा ३६ लाख २१ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये २७ लाख ७४ हजारभन्दा बढीले कोरोना जितिसकेको पनि भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १०:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया