बेइजिङमा कोरोनाका नयाँ सङ्क्रमित भेटिए

चीनमा केही दिनयता कोरोनाका नयाँ सङ्क्रमित भेटिएको बताइएको छ । सोमबार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोनाका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने यो २४ घन्टामा यहाँका २४ जना निको भएर घर फर्किएका छन् । केही साता यता चीनले आफ्नो देशमा कोरोना सङ्क्रमित नभेटिएको बताए पनि विदेशबाट आउनेहरुमा कोरोना देखिएको बताउँदै आएको छ ।

गएको २४ घन्टामा देखिएका भनिएका ती १७ जना पनि सबै विदेशबाट आएका नागरिक रहेको चीनका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । चीनमा यो समेत गरी यस भाइरसका ८ हजार ५४८ जना सङ्क्रमित भेटिएका हुन् । त्यस्तै यहाँका ४ हजार ६३४ जनाको ज्यान गएको छ ।

चीनको जनजीवन अहिले सामान्य भइसकेको छ । त्यहाँ कहिलेकाहीँ र त्यो पनि विदेशबाट आएका नागरिकमा यो भाइरस देखिने गरेको बताइएको छ ।
 





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १५:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया