पुनः सञ्चालनमा आयो जनमैत्री अस्पताल

२०७२ सालको भूकम्पपछि बन्द अवस्थामा रहेको बालाजुमा रहेको जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पहलमा स्वास्थ्य मन्त्रालयले सो अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।  

सोही निर्णयअनुसार सोमबारदेखि अस्पताल पुनः सञ्चालनमा आएको छ । सरकारले जनमैत्रीलाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेअनुसार आजदेखि १०० बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको हो । 

सोमबार अस्पताल सञ्चलनका लागि आएका डाक्टर तथा नर्सलाई वडाध्यक्ष रिजालले पुष्पगुच्छाले स्वागत गरेका थिए । स्वास्थ्यकर्मीको महत्त्व र आवश्यकता बुझाउन वडाले सम्मानका साथ स्वागत गरेको वडाध्यक्ष रिजालको भनाइ छ । 

अस्पताल सञ्चालनको लागि आवश्यक सम्पूर्ण खर्च स्वास्थ्य मन्त्रालयले गरेको बताइएको छ ।





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १६:२४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया