काठमाडौं महानगरका प्रमुख शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

दुई दिनअघि दिइएको स्वाबको रिपोर्टअनुसार महानगर प्रमुख शाक्य संक्रमित भएका हुन् । उनका प्रेस सल्लाहकार मोहन बास्तोलाले उक्त कुरालाई पुष्टि गरे । 

कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा बसेका छन् । तर उनलाई कोरोना संक्रमणको कुनै लक्षण भने देखिएको छैन । 

महानगर प्रमुख शाक्यकी श्रीमतीलाई सन्चो नभएपछि शाक्य दम्पतीले स्वाब दिएका थिए । तर, उनकी श्रीमतीलाई भने कोरोना संक्रमण नदेखिएको मेयर शाक्यको सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १८:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया