भारतीय पूर्वराष्ट्रपतिको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो दुःख व्यक्त गरेकी छिन् । उनले नेपालले असल मित्र गुमाएको बताएकी छिन् ।

सोमबार साँझ ट्विट गर्दै राष्ट्रपति भण्डारीले भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनको खबरले आफू मर्माहत भएको बताएकी हुन् ।

भण्डारीले ट्विटमार्फत व्यक्त गरेकी छिन्, ‘नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु, उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ ।’





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार २०:२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया