सिरहाका कोरोना संक्रमितको धरानमा मृत्यु

सिरहामा थप एक कोरोनाभाइरस संक्रमितको निधन भएको छ । सिरहाको मिर्चैया नगरपालिका ६ का ५५ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणका कारण धरानमा मृत्यु भएको हो । 

मधुमेह तथा उच्च रक्तचापका बिरामीसमेत रहेका उनको धरानमा उपचारका क्रममा निधन भएको हो । 

उनलाई १० भदौमा अस्पतालमा भर्ना गरिएको थियो । उनको ८ भदौमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । 

योसँगै सिरहामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार ११:३७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया