काम गर्ने वातावरण नभएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘कोभिड– १९ अस्पताल’की एनेस्थेसिया विभाग प्रमुख प्रा.डा. कृष्णा पोखरेलले राजीनामा दिएकी छिन् ।
प्रतिष्ठानमा गत जेठमा उद्घाटन गरिएको कोभिड उपचारका लागि एक सय बेडको अस्पताल सञ्चालनमा छ । गत जेठयता सो अस्पतालको प्रमुखको रूपमा काम गर्दै आएकी पोखरेलले उपकुलपति डा. ज्ञानेन्द्र गिरीसमक्ष मंगलबार राजीनामा दिएकी हुन् ।
आफूसँग सल्लाह नगरी अस्पतालले आवश्यकताभन्दा बढी औषधि तथा मेडिकल सामग्री खरिद गरेको र त्यसको जिम्मा लिन प्रशासनले दबाब दिएका कारण उनले राजीनामा गरेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।