सप्तरीमा हात्ती आतंक, पाँच घरमा क्षति

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति पाँचवटा घरमा तोडफोड गरेर क्षति पुर्याएको छ ।  जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामामा गए राति जङ्गली हात्तीको समूहले पाँचवटा घरमा तोडफोड गरेर क्षति पुर्याएको हो । 

सो हात्तीको समूहले स्थानीयवासी सम्झाना देवी यादवको एक, मनोज गुप्ताको एक, जयकृष्ण कुमार कुसियैतको दुई र सुदामा कुसियैतको एक वटा घरमा तोडफोड गरेको बताइएको छ । 

ती हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले धपाउन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

विगत ६ महिनादेखि कोरोना सङ्क्रमण फैलिएर घरमै बस्नुपर्ने बाध्यता रहेको बेला जिल्लाको कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका अग्निकृष्णसवरण गाउँपालिकाकालगायत करिब दुई दर्जनभन्दा बढी गाउँमा दैनिकजसो हात्ती पस्ने गरेको स्थानीयवासीको भनाइ छ । 

यस क्षेत्रमा बढेको हात्ती आतङ्कलाई नियन्त्रण गर्न सम्बन्धित निकाय मौन रहेको स्थानीयवासीको गुनासो छ । 





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार १७:३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया